नियम ४६
प्रश्नका उत्तर
(१) प्रत्येक सदस्यले राखेका प्रश्नको मौखिक उत्तर माग भएकोमा मौखिक रुपमा र लिखित उत्तर माग भएकोमा लिखितै रुपमा सम्बन्धित मन्त्रीले बढीमा दश दिनभित्र उत्तर दिने गरी सभामुखबाट समयको व्यवस्थापन हुनेछ ।
(२) लिखित प्रश्न र उत्तरको प्रति प्रत्येक सदस्यलाई उपलव्ध गराइनेछ ।
(३) प्रश्न उत्तर सम्बन्धी अन्य व्यवस्था कार्यव्यवस्था परामर्श समितिको परामर्शमा सभामुखले निर्धारण गरे बमोजिम हुनेछ ।